३ वर्षीय बालकको कलेजो प्रत्यारोपण, प्रत्यारोपण केन्द्रमा यही हप्ता ४ वटा कलेजो प्रत्यारोपण हुँदै
अ +
अ -
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तीन वर्षीय बालकको कलेजो प्रत्यारोपण भएको छ ।
केन्द्रका निर्देशक डा. पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा बीरगञ्ज पर्साका तीन वर्षीय बालकको कलेजो प्रत्यारोपण भएको हो । बालकलाई ३० वर्षीया आमाले कलेजो दिनुभएको थियो ।
निर्देशक श्रेष्ठका अनुसार बालकलाई कलेजोको क्यान्सर (हेपाटो ब्लास्टोमा) भएको थियो । कलेजो प्रत्यारोपण, अंग प्रत्यारोपणमा सबैभन्दा जटिल मानिन्छ । केन्द्रमै नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । केन्द्रमा १७ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
यसैबीच शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यो हप्ता ४ वटा कलेजो प्रत्यारोपण गर्ने योजना बनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत