१७५ जना यात्रु सवार विमान दुर्घटना, कम्तिमा २९ जनाको मृत्यु
अ +
अ -
दक्षिण कोरियामा १७५ जना यात्रु सवार विमान दुर्घटना भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार दुर्घटनामा कम्तिामा २९ जनाको मृत्यु भएको छ ।
थाइल्याण्डको बैंककदेखि दक्षिण कोरियाका लागि उडेको जेजु एयर फ्लाइट ७सी२२१६ विमान ल्याण्ड गर्ने बेला दुर्घटनामा परेको हो ।
विमानमा १७५ यात्रुसहित ६ जना चालक दलका सदस्य रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमान रनवेको बारमा ठोक्किएको थियो । त्यसँगै विमानमा विष्फोट भएको तथा आगो लागेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत