अविरल वर्षाका कारण गएको पहिरोमा परी कम्तिमा ६३ जनाको मृत्यु
अ +
अ -
भारतको केरला राज्यमा अविरल वर्षाका कारण गएको पहिरोमा परी कम्तिमा ६३ जनाको मृत्यु भएको छ । केरालाको वायनाड जिल्लामा गएको पहिरोमा कयौँ मानिस हराइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार रातिसम्मको विवरण अनुसार ४०० बढी मानिस बेपत्ता भएका छन् भने ११६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
दैनिक भास्करका अनुसार वायनाडका विभिन्न ४ स्थानमा पहिरो गएको छ । उक्त स्थानमा पाँच वर्ष पहिले पनि पहिरोका कारण १७ जनाको ज्यान गएको थियो ।
तपाईँको अभिमत