सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीले निजीको विज्ञापन गरे कारबाही
सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीले अब निजी स्वास्थ्य संस्थाको प्रचार–प्रसार गरे कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्राचार गरी कार्यलय समयमा निजी स्वास्थ्य संस्थामा काम नगर्न र प्रचार–प्रसार समेत नगर्ने निर्देशन दिएको छ ।
‘चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा निजी क्षेत्रका अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा काम गर्ने तथा विज्ञापन प्रकाशन, प्रसारण गर्ने गरेको गुनासो आएको मन्त्रालयले भनेको छ ।
कार्यालय समयमा सरकारी स्वास्थ्य संस्था बाहेकका निजीमा काम गर्ने र सो प्रयोजनका लागि विज्ञापन समेत गराउनु प्रचलित कानून, नैतिकता, व्यक्तिगत आचरण विपरीत हुने मन्त्रालयको भनाइ छ।
पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्न भन्दै मन्त्रालयले निर्देशन दिएको छ।
यस्तो काम गरेमा प्रचलित ऐन अनुसार कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत