रजोनिवृत्ति रोग होइन, हार्मोन परिवर्तन मात्र हो
रजोनिवृत्ति कसैलाई ४०-४२ वर्षमा वा कसैलाई ४९-५५ वर्षमा देखा पर्नसक्छ। एरिस्टोटलले पनि रजोनिवृत्तिको उमेर ४० वर्ष भएको उल्लेख गरेका छन्।
एक फ्रान्सेली चिकित्सकले १८२१ मा रजोनिवृत्ति शब्द बनाए। १९औँ शताब्दीको मध्यमा रजोनिवृत्तिमा चिकित्सा रुची धेरै बढ्यो।
सन् १९९० तिर रजोनिवृत्तिलाई केही खास तत्त्वका कमीले हुने रोग भनियो। त्यसैले गर्दा रोग ठीक पार्न भनेर जनावरको अण्डाशय कुटेर निकालिएको रस सेवनमा चिकित्सा प्रणाली चल्थ्यो। कतिपय शल्य चिकित्सकले ‘महिलाहरूको अण्डाशय बिग्रेकले महिनावारी रोकिएको विश्वासमा महिलामा अण्डाशय नै निकाल्ने विचार पनि राखे।
तर १९२० तिर जतिखेर हार्मोनबारेमा ज्ञान विकसित भयो त, ज्ञढठट तिर फ्रान्समा पहिलोपटक रजोनिवृत्तिबारेमा एक अधिवेशन पनि राखियो। त्यसपछि, सबैले बुझे रजोनिवृत्ति रोग होइन, यो एक हार्मोन परिवर्तन मात्र हो। जो समयसित सहज पनि बन्दै जान्छ।
केही वर्षअघि काठमाडौंमा स्त्रीसँग विशेषज्ञहरूको सम्मेलनमा एकजना स्त्रीरोग विशेषज्ञले रजोनिवृत्तिबारेमा कार्यपत्र प्रस्तुत गर्दा भनेकी थिइन्, 'रजोनिवृत्ति एक समस्या वा रोग हो र यो समय यस्ता(यस्ता औषधि प्रयोग गर्नुपर्छ'
तर, मैले उसको यस तर्कलाई स्वीकार गर्न सकिनँ त्यसैले भनेकी थिएँ, 'महिनावारी शुरू हुनु रोग होइन, समस्या होइन भने महिनावारी बन्द हुनु (रजोनिवृत्ति हुनु) कसरी समस्या हो ?
मेरो महिनावारी बन्द हुँदा मलाई केही समस्या भएन। अहिलेसम्म मलाई क्याल्सियम अनि भिटामिन ‘डी’(का गोलीको सेवन गर्नुपरेको छैन। छण् वर्ष काटिसकेकी महिलाहरूमा रजोनिवृत्तिबारेमा खोजीनिधो गर्दा पनि अहिलेसम्म महिलामा रजोनिवृत्तिमा भयङ्कर समस्या आएको कुरासित अवगत भएको छैन।
यति हो पाठेघर निकालिएको महिलामा चाहिँ रजोनिवृत्तिले समस्या देखाउँछ। यसैले भन्छु, 'रजोनिवृत्ति रोग वा समस्या कतै पनि होइन, यो केबल हार्मोनल परिवर्तनको कुरा हो।'
मेरो कुरा सुनेपछि ती स्त्रीरोग विशेषज्ञले पुनः बोलेकी थिइन्, ‘मेरो डाक्टरी किताबले मलाई त्यही ज्ञान दिएको छ। यहाँ रजोनिवृत्तिबारेमा यस्तै तथ्यहरू छन्। म तपाईंभन्दा धेर पढेको छु। र मलाई रजोनिवृत्ति तपाईंभन्दा ज्यादा आउँछ।’
तर, स्त्रीरोग विशेषज्ञको जेजस्तै कुरा रहोस्, म कतैपनि उनको यस्तो विश्लेषणसित सहमत छैन।
रजोनिवृत्तिका बारेमा १० वर्षअगाडि, मेरी ४५ वर्षकी साथीले भनेकी थिइन्, 'तीन वर्षअघि मेरो पनि महिनावारी बन्द भयो। तर, रजोनिवृत्तिले मेरो शारीरिक तथा मानसिक गठनमा उति प्रभाव पारेन।’ यही साथीसित मिल्दो रजोनिवृत्तिको अनुभव मेरो पनि रह्यो। मलाई रजोनिवृत्तिले खासै समस्या देखाएन। हुनसक्छ, सायद यो मेरो जीवनशैली बदलावबाट प्राप्त फल थियो।
रजोनिवृत्तिबारेमा लेखिएका वैज्ञानिक अनुसन्धानमूलक लेखहरूमा रजोनिवृत्तिमा जस्तै, एकाएक अनुहारमा गर्माहट अनुभव हुने, रक्तप्रवाह, निन्द्रा नलाग्ने, रीस उठ्ने, खान मन नलाग्ने, शरीर चिलाउने, शरीरमा थकावट अनुभव हुने इत्यादि समस्याहरू देखिने भनिएको छ।
सही खानपान, नियमित व्यायाम अनि जीवनप्रतिको सकारात्मक दृष्टिकोणले यस्ता समस्यालाई काफी हदसम्म कम गरेको लेखिएको पनि छ।
रजोनिवृत्ति अवस्थामा स्त्रीमा देखापर्ने मानसिक परिवर्तन विभिन्न प्रकारका हुन्छन्। यस्ता परिवर्तन कतिपय स्त्रीले सजिलै आत्मसात् गर्न सक्छन् भने, कतिलाई यस परिवर्तनले चिन्तित पार्ने गर्छ।
तनाव भएपछि शरीर तनावको दुष्प्रभावमा पीडित बन्दै जान्छ। र बिस्तारै शरीरमा मुटुको गति अनि रक्तचाप बढ्ने समस्या देखा पर्छ।
तर, महिलालाई तनाव व्यवस्थापन गर्न खुब आउँछ।
अमेरिकामा यस्तै जथाभावी रजोनिवृत्ति हार्मोनका औषधि वा रजोनिवृत्ति हार्मोन थेरापीको प्रयोगले स्त्रीमा हृदयाघात, स्ट्रोक र स्तन क्यान्सरको सम्भावना बढेको पनि देखिन्छ। एस्ट्रोजन हार्मोन चक्कीको सेवनले पाठेघर क्यान्सर वा इन्डोमेट्रियल क्यान्सर हुने सम्भावना बढेको पनि देखिन्छ।
यतिमात्र होइन एस्ट्रोजन हार्मोन चक्कीले ६५ वर्षका महिलामा डिमेन्सिया रोग उब्जाएको तथ्यपूर्ण खोज पनि छ। तरपनि, नेपालमा एस्ट्रोजन हार्मोन चक्की सेवनप्रति महिलालाई जबरजस्ति ठेलिरहेको भेटिन्छ ।
अमेरिकाबाट प्रकाशित एक किताब ‘रजोनिवृत्ति’ (द बोस्टन वुमेन्स हेल्थ बुक कलेक्टिभ) मा लेखिएको छ ( ‘रजोनिवृत्तिलाई पनि मधुमेह वा थाइराइडको उपचार गरेझैँ औषधिबाट नै उपचार गर्नुपर्छ। यदि रजोनिवृत्तिलाई उपचार गरिएन भने यो दीर्घरोगमा परिणत हुँदै जान्छ भन्ने भ्रामक कुरा हो।’
रजोनिवृत्तिसँग महिलाको प्रजनन स्वास्थ्य मात्र होइन शारीरिक, मानसिक स्वास्थ्य तथा सामाजिक जीवन पनि जोडिएको छ
प्रकृतिले महिलालाई पुरुषभन्दा ज्यादै तनाव सहन गर्ने क्षमता दिएको छ। त्यसैले त कतिपय
महिला तनावमुक्त बन्न बगैँचामा काम गर्छन्, प्रार्थनामा मन लगाउँछन् भने योगाभ्यास, ध्यान अनि नृत्यकलातिर आफूलाई व्यस्त पारेका हुन्छन्।
जीवन भनेको नै परिवर्तन चक्र हो, यहाँ हरेक परिवर्तनको छुट्टै अनुभव हुन्छ। रजोनिवृत्ति पनि यस्तै परिवर्तन मात्र हो। त्यसैले हार्मोनहरूको अनौठो नृत्यबारे अलिकति भएपनि जागरूकता पलाउँदै, जीवनलाई सधैँका निम्ति सरल र सहज बन्ने मार्गमा अग्रसर बनाऔँ।
कारण, रजोनिवृत्ति रोग वा समस्या होइन, रजोनिवृत्तिसँगै सहज तरिकाले जिउने कला जानेमात्र जीवन सहज बन्नेछ।
डा. अरुणा उप्रेती
तपाईँको अभिमत