स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटीले दिनुभयो राजीनामा
अ +
अ -
स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा अतिरिक्त सचिव डा. टंकप्रसाद बाराकोटीले स्वास्थ्य सेवाबाट राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार राजीनामा दिनुभएको हो ।
आफ्नो स्वास्थ्य र पारिवारिक कारण देखाउँदै स्वास्थ्य सेवाबाट विश्राम लिने भन्दै राजीनामा दिनुभएको हो ।
यद्यपि मन्त्रिपरिषद्को निर्णय भने आउन बाँकी छ ।
अतिरिक्त सचिवका रुपमा कार्यरत उहाँ गत फागुनमा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुनुभएको थियो । उहाँ करिब ९ महिना विभागमा रहनुभयो ।
२५ वर्षभन्दा बढी समय सरकारी सेवामा बिताउनुभएका डा. बाराकोटी बालरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले आफ्नो पेशागत जीवनको अधिकांश समय झापा र विराटनगर क्षेत्रका अस्पतालमा सेवा प्रदान गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत