मनसुनको न्यून चापीय रेखा परिवर्तन, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?
आज दिउँसो सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको छ ।
अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत