सीता सुन्दास बनिन् गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री
अ +
अ -
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मा सीता सुन्दासले पाएकी छिन् । सुन्दासलाई प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीमा नियुक्त गरेको हुन् ।
सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
एमालेबाट प्रतिनिधित्व गर्ने सुन्दास २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर १ क बाट निर्वाचित भएकी थिइन् । गतसाल पनि खजराज मुख्यमन्त्री बन्दा सुन्दासले मन्त्री बन्ने अवसर पाएकी थिइन् । त्यतिबेला उनले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् ।
सीतासँग सोमबार मुख्यमन्त्री अधिकारीले वेदबहादुर गुरुङलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका छन् । गुरुङ पनि एमालेकै सांसद हुन् ।
तपाईँको अभिमत