कस्ता व्यक्ति कुन तरिकाले सुत्नु सबैभन्दा राम्रो ?
सुत्ने तरीकाको कारण पनि स्वास्थ्यमा धेरै असर पर्दछ । त्यसैले जानी राखौँ कसरी स्वास्थ्यलाई तन्दरुस्त बनाउन सकिन्छ ।
सुत्ने सबैभन्दा सही पोजिसन कुन ?
साधारणतया मानिस आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै सुत्ने गर्छन् तर कसरी सुत्नाले शरीरलाई फाइदा हुन्छ या बेफाइदा हुन्छ ख्याल राख्दैनन् ।
सुत्ने तरिकाकै कारण शरीरलाई फाइदा पुग्ने र हानी पुर्याउने हुन्छ । आलस्य एवम् फुर्तिलो अनुभव हुन्छ ।
देब्रे कोल्टो
गर्भवती महिलालाई खासगरी बायाँतर्फ कोल्टे फर्केर सुत्न सल्लाह दिने गरिन्छ । जसले गर्दा टाउको दुख्ने, ग्यास्ट्रिकको बिमारीका लागि यो तरिका अत्यन्तै लाभदायक हुन्छ ।
बायाँ कोल्टे परेर सुत्नाले पाचनप्रणालीमा राम्रो प्रभाव पर्छ । दाहिने कोल्टे सुत्नाले मुटुको सुरक्षा हुन्छ मुटुमा दबाब कम पर्छ ।
यदि तपाईं मुटु रोगी हुनुहुन्छ भने सधैं दाहिने कोल्टो परेर सुत्नु उपयुक्त हुन्छ। दाहिने कोल्टो परेर सुत्नाले मुटुका रोगीका साथै फोक्सोको बिरामीलाई पनि फाइदाजनक हुन्छ र फोक्सोमा अनावश्यक दबाब पर्दैन ।
दाहिने कोल्टो
डाक्टरका अनुसार मुटुका बिरामीका लागि दाहिने कोल्टे फेरेर सुत्नु पर्छ जसको कारण मुटुमा दबाब कम पर्छ ।
उत्तानो परेर
केही मानिस उत्तानो परेर सुत्न मन पराउँछन् । यो पोजिशनमा सुत्नाले श्वासप्रश्वासप्रक्रियामा कठीनाई हुनुका साथै सुगर, मोटोपन बढ्ने खतरा बढ्दै जान्छ ।
घोप्टो परेर
जो मानिस घोप्टो परेर सुत्नाले घाँटी र ढाडमा दबाब बढ्ने दुख्ने हुन्छ । साथै गर्धनको हड्डीमा असर पर्छ, अनुहारमा सुख्खापन देखा पर्छ । घोप्टो परेर सुत्ने मानिसले सुत्ने बेलामा गर्धनको तल सिरानी राख्नु हुँदैन ।
जो मानिस उत्तानो परेर सुत्ने गर्छन् उनिहरुले घुँडाको तल सिरानी राखेर सुत्नु पर्छ । तपाईको बिछ्यौना आरामदायिहोस्।
सुत्दाखेरी दैनिक रुटिङ बनाउने र सोही अनुसार नियमित सुत्ने उठ्ने बानी बसाल्नु पर्छ । सुत्नु अघि कुनै किसिमको तनाव लिनु हुुँदैन । सुत्नु अघि मनतातो पानीले नुहाउने र किताब पढ्ने बानी बसाल्नु र चिया कफी र मदिरा सेवन नगर्नू लाभदायक हुन्छ।
तपाईँको अभिमत