सडकबाट खसी बस दुर्घटना हुँदा १३ जना घाइते
अ +
अ -
गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पोखराबाट गुल्मीको तम्घास जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका–१ मक्वादी स्थित रिडी–तम्घास सडक खण्डमादुर्घटना भएको प्रहरीले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसी दुर्घटना भएको हो ।
बसमा चालकसहित १३ जना यात्रु सवार थिए । चालक र सहचालक गम्भीर घाइते रहेको प्रहरीको भनाइ छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको छ ।
तपाईँको अभिमत