भारतले लगायो एन्टिबायोटिक तथा पेनकिलर जस्ता १५६ औषधिमा प्रतिबन्ध
भारतले सरकारले १५६ वटा औषधिमा प्रतिबन्ध लगाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एन्टिबायोटिक, पेनकिलर लगायतका औषधि मानव स्वास्थ्य प्रतिकूल भएको भन्दै प्रतिबन्ध लगाएको हो ।
भारतले फिक्स्ड डोज संयोजित (एफडीसी) औषधिमा प्रतिबन्ध लगाएको हो ।
त्यस्ता औषधि ज्वरो र हाइपरटेन्सनको उपचारका लागि प्रयोग गरिदै आइएको थियो ।
यो सन् २०१६ यताकै ठूलो परिमाणमा औषधि प्रतिबन्ध लगाइएको पहिलो घटना हो । त्यसबेला ३४४ वटा यस्ता औषधिमा प्रतिबन्ध लगाइएको थियो ।
प्रतिबन्ध लगाइएका औषधिको उत्पादन, बिक्री तथा वितरण पूर्ण रूपमा बन्द गरिने भारत सरकारले जनाएको छ । यस्तो प्रतिबन्ध विज्ञहरू सम्मिलित टोलीको विशेष अध्ययनपछि लगाइएको जनाइएको छ ।
अध्ययनमा ३२४ वटा औषधि सामेल गरिएको थियो । सोमध्ये १५६ वटा औषधि मानव स्वास्थ्यको प्रतिकूल रहेको निष्कर्ष निकालिएको हो ।
ठूलो मात्रामा प्रयोगमा रहँदै आएको पारासिटामेल इन्जेक्सन, ओमिप्राजोल म्याग्नेसियम जस्ता औषधि समेत प्रतिबन्धमा परेपछि यसको असर ठूला औषधि उद्योगमा पनि पर्ने अनुमान गरिएको छ ।
तपाईँको अभिमत