गंगालाल अस्पतालका लागि १०० बढी कर्मचारी माग, सबैभन्दा धेरै नर्स
बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बढुवा, आन्तिरिक प्रतिस्पर्धा र खुल्ला प्रतिस्पर्धाबाट स्थायी नियुक्तिका लागि केन्द्रले आवेदन माग गरेको हो ।
आइतबार प्रकाशित विज्ञापन अनुसार आन्तरिक कार्यक्षमता मूल्यांकनका आधारमा ३८ कर्मचारीको बढुवाका लागि आवेदन माग गरेको छ ।
आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट छनोटका लागि ८ जना कर्मचारी माग गरिएको छ ।
खुल्ला परीक्षामार्फत छनोटका लागि ५७ जना कर्मचारी माग गरिएको छ । खुल्लातर्फ सबैभन्दा धेरै ३० जना स्टाफ नर्स मागिएको छ ।
डाक्टर, नर्स, प्राविधिक साथै प्रशासनका लागि समेत कर्मचारी माग गरिएको छ । बढुवा, आन्तरिक परीक्षा र खुल्ला परीक्षा सबैबाट स्थायी कर्मचारीको माग गरिएको हो ।
इच्ुछुक र योग्यता पुगेकालाई ७ दिनभित्र आवेदन दिन भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत