काठमाडौँमा १८ हजार कुकुरको बन्ध्याकरण
काठमाडौँ महानगरपालिकामा १८ हजार कुकुरको बन्ध्याकरण गरिएको छ । ‘द जाने गुडल इन्स्टिच्युट’को सहयोगमा ०१६ देखि अहिलेसम्म १८ हजार कुकुरको बन्ध्याकरण गरेको जानकारी महानगरले दिएको छ।
यो अवधिमा २२ हजार कुकुरलाई रेबिजविरुद्ध खोप लगाइएको जानकारी महानगरले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
जनावर, वातावरण संरक्षण तथा समाज कल्याणका क्षेत्रमा क्रियाशील उक्त इन्स्टिच्युटले कुकुर व्यवस्थापनका लागि महानगरका सबै वडामा वडाध्यक्षको नेतृत्वमा समिति गठन गरी काम गर्दै आएको छ।इन्स्टिच्युटले मानव स्वास्थ्य, बालमनोविज्ञान तथा वातावरण जोगाउनका लागि चेतनामूलक कार्यसमेत गर्दै आएको छ।
रेबिजको आशंका गरिएको ५०० कुकुरको परीक्षण गरिएको महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाले चालु आवमा कुकुर व्यवस्थापनका लागि एक करोड ६० लाख बजेट विनियोजन गरेको छ । यो रकम गत आवको तुलनामा रु ६० लाख बढी हो । महानगरभित्र घरपालुवा कुकुरको सङ्ख्या करिब ८४ हजार रहेको पनि महानगरले जनाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत