अफ्रिकामा एमपक्स तीव्र फैलिएपछि ‘स्वास्थ्य आपतकाल’ घोषणा
अफ्रिकामा एमपक्स फैलिन थालेपछि ‘महाद्विप सुरक्षाको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरिएको छ । कंगोबाट छिमेकी मुलुकमा समेत एमपक्स फैलिएसँगै यस्तो आपतकाल घोषणा गरिएको हो ।
एमपक्स संक्रमित व्यक्तिको नजिक सम्पर्कमा रहने व्यक्तिलाई सर्ने गर्छ । सामान्य जस्तो देखिए पनि यसबाट संक्रमित व्यक्तिको मृत्युसमेत हुनसक्छ ।
कंगोमा ‘क्लेड आई’ नाम नगरेको एमपक्स महामारी सकिने बित्तिकै नयाँ भेरियन्ट देखा परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल ‘क्लेड आईबी’ भेरियन्ट फैलिन थालेको हो । नयाँ भेरियन्ट विशेषगरी बालबालिकामा सजिलै सर्ने गरेको बताइएको छ ।
रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी केन्द्रका अनुसार गत सालभन्दा यस वर्ष १६० प्रतिशतले एमपक्सका बिरामी बढेका छन् । गत साताको विवरण अनुसार १५,००० बिरामी फेला परेका छन् । त्यसमध्ये ४६१ जनाको मृत्यु भइसकेको छ ।
एमपक्स सन् १९७० मा पहिलोपटक कंगोमै मानिसमा देखिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत