प्रधानमन्त्री प्रचण्ड उपचारका लागि वीर अस्पताल, के थियो समस्या ?
अ +
अ -
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई स्वास्थ्यमा समस्या देखिएको छ । उनको दाँतमा समस्या देखिएपछि वीर अस्पतालमा पुगेर उपचार गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार वीर अस्पतालमा डा.रितु श्रेष्ठको नेतृत्वमा उपचार गरिएको थियो । सिन्धुलीका बनेको सुनकोशी–मरिण डाइभर्सन सुरुङ उद्घाटन गर्न प्रधानमन्त्री हिजो नै सिन्धुली पुगेका थिए ।
आज बिहान उनले उक्त सुरुङ उद्घाटन गरेका थिए । बिहानैदेखि उनलाई दाँत दुख्ने समस्या भएको सचिवालयको भनाइ छ । सुरुङ उद्घाटनपछि काठमाडौं आएर उपचारका लागि वीर अस्पताल पुगेका हुन् ।
तपाईँको अभिमत