कोरोना संक्रमणबाट वीरगन्ज नर्सिङ क्याम्पसकी कर्मचारीको मृत्यु
अ +
अ -
काठमाडौं । कोरोना संक्रमणबाट वीरगन्जस्थित वीरगन्ज नर्सिङ क्याम्पसमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
चिकित्सा विज्ञान अध्ययन संस्थान(वीरगन्ज नर्सिङ क्याम्पस)मा कार्यालय सहयोगीका रुपमा कार्यरत महिलाको मृत्यु भएको वीरगन्जस्थित नारायणी अस्पतालले जनाएको छ ।
नर्सिङ क्याम्पसमा कार्यरत भान्से वीरगन्ज मआनगरपालिका १६ की भएकी ६१ वर्षीया महिला कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आउनु भएकाे थियाे । स्वास्थ्यमा समस्यादेखिएपछि मंगलबार उहाँ नारायणी अस्पतालमा भर्ना हुनु भएकाे थियाे ।
उपचारका क्रममा गएराति उहाँको मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत