हामीलाई कोरोना खोपको प्राथमिकतामा राख : औषधि व्यवसायी संघ

अ +
अ -
काठमाडौं । नेपाल औषधि व्यवसायी संघले कोरोना विरुद्धको खोप अभियानमा आफुहरुलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् । संघले विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्री,स्वास्थ्य सचिव समेतलाई भेटेर आफुहरुलाई पनि खोपको प्राथमिकतामा राख्न आग्रह गरेपनि सुनुवाई नभएको गुनासो गरेको छ ।
संघले कोरोना महामारीमा लकडाउनको समयमा औषधिको अभाव हुन नदिन व्यवसाय सञ्चालन गरि राज्यलाई सहयोग पुरयाएको भन्दै आफुहरुलाई पनि खोप छिट्टै उपलव्ध गराउन सरकारलाई आग्रह गरेको छ । संघका अनुसार हाल २१ हजार भन्दा बढी व्यवसायीहरु औषधि व्यवस्था विभागमा दर्ता छन् ।
2077110302_press_release
तपाईँको अभिमत