प्रसुती अस्पतालमा रुसी सेनाको आक्रमण, गर्भवतीको मृत्यु
युक्रेनी प्रसुती अस्पतालमा रुसी सेनाको आक्रमणमा परी एक गर्भवती महिलाको मृत्यु भएको छ । अलजजिरामा प्रकाशित समाचार अनुसार गत बुधबार रुसी सेनाले मरिपोल शहरमा गरेको आक्रमणमा घाइते भएकी महिलाको मृत्यु भएको हो ।
गत बुधबार भएको सो आक्रमणमा घाइते भएकी ती गर्भवतीलाई उद्दारकर्ताहरूले सुरक्षित स्थानतिर लैजाँदै गरेको तस्बिर एवम् भिडियो सार्वजनिक भएको थियो । उनको कोखमा चोट लागेको र त्यहाँबाट रगत बगिरहेको तस्बिरमा देख्न सकिन्छ । पछि चिकित्सकले उनको पेट चिरेर बच्चा निकालेका थिए । तर बच्चामा ‘जीवनको आश’ मरिसकेको थियो ।
त्यसपछि आमालाई बचाउन आधा घण्टासम्मको प्रयासमा चिकित्सकहरू असफल भएका थिए ।
युक्रेनी अधिकारीहरूका अनुसार मरिपोलमा रुसी सेनाले मार्च २ देखि घेराबन्दी गरेका थिए । त्यस यता चार लाख भन्दा बढी मानिसले शहर छाडिसकेका छन् । उनीहरू खाना, पानी तथा औषधीको व्यवस्था नगरीकन नै शहर छाडेर गएका समाचारमा उल्लेख छ ।
समाचार अनुसार भीषण आक्रमणसँगै शहरका विभिन्न क्षेत्रमा फोन सेवा एवम् बिजुली समेत काटिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत