नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा डा. पुरुषोत्तम जोशी निर्वाचित
आँखा रोग विशेषज्ञहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा डा. पुरुषोत्तम जोशी निर्वाचित हुनुभएको छ । काठमाडौंमा शनिबार सम्पन्न सोसाइटीको अधिवेशनबाट जोशी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अघिल्लो कार्यकालमा महासचिव रहनुभएका डा. जोशी २५२ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी डा. रवा थापाले १२१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सोसाइटीको उपाध्यक्षमा डा. रञ्जना शर्मा निर्वाचित हुनुभएको छ ।उहाँले १८९ मत ल्याउँदा अर्का प्रत्यासी डा. रक्षा पन्त (सिटौला)ले १७० मत ल्याउनुभयो । महासचिवमा डा. तेजसु सिंह मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ।
कोषाध्यषमा डा. कौशल पोखरेल र सहसचिवमा डा. रवीन्द्र सिंह ठकुरी पनि निर्विरोध निर्वाचित हुनुभएको छ। सहकोषाध्यक्षमा डा. लिली राजवंशी निर्वाचित हुनुभएको छ । उहाँले २१० मत ल्याउँदा अर्का प्रत्यासी डा. सुरेश बिके रसाइलीले १५३ मत ल्याउनुभयो।
सदस्यहरुमा डा. दिक्षा विष्ट, डा. पवन महत, डा. रचना सिंह राना, डा. लिजा श्रेष्ठ जोशी, डा. सविन साहु, डा. मनिषा श्रेष्ठ, डा. कुमुदिनी सुवेदी र डा. आरती काराखेती निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई शनिबार नै सपथ ग्रहण गराइएको छ ।
सोसाइटीको शुक्रबार र शनिबार भएको सम्मेलनको दोश्रो दिन शनिबार अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । कार्यसमितिको पदावधि २ वर्षको रहने सोसाइटीको विधानमा व्यवस्था छ ।
तपाईँको अभिमत