गायक प्रशान्त तामाङको निधन
अ +
अ -
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४३ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।
उहाँ सन् २००७ मा भारतको चर्चित गायन रियालिटी शो‘‘इन्डियन आइडल सिजन–३’ जितेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित हुनुभएको थियो।
इन्डियन आइडलको उपाधि जितेसँगै उहाँको साङ्गीतिक यात्रा थप उचाइमा पुगेको थियो। भारत र नेपाल दुवै देशमा ठूलो संख्यामा प्रशंसक कमाउन सफल तामाङले सङ्गीतसँगै अभिनय क्षेत्रमा पनि आफ्नो पहिचान बनाउनुभएको थियो।
हालसम्म उहाँको निधनको कारण सार्वजनिक गरिएको छैन। परिवार तथा सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत