नेपालको आयुर्वेद औषधि चीन निर्यात गरिने
अ +
अ -
नेपालको आयुर्वेद औषधि चीन निर्यात गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा क्रममा चीनसँग भएको २० बुँदे सम्झौतामध्ये एउटा मुद्धा स्वास्थ्यको रहेको छ ।नेपालका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनका लागि परम्परागत औषधि विभागबीच परम्परागत औषधि सहयोग सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपालको आयुर्वेद चीन निर्यात गरिने भएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिनुभयो ।
अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड शनिबार चीन पुग्नुभएको हो ।
तपाईँको अभिमत