कोरोना महामारीका कारण ५० प्रतिशतभन्दा बढी नर्सहरूमा अनिद्राको समस्या
कोरोना महामारीको पहिलो ६ महिनामा आधाभन्दा बढी नर्सहरूमा निद्रा खराबी भएको पाइएको छ । जर्नल अफ अकुपेशनल एन्ड इन्भाइरन्मेटल मेडिसिनमा प्रकाशित पछिल्लो अध्ययनअनुसार आधा भन्दा बढी नर्सहरूको निद्रा खराब भएको र त्यसले भय एवम् डिप्रेशनको शिकार हुनुपरेको हो ।
अध्ययनअनुसार २२ प्रतिशतमा डिप्रेशन, ५२ प्रतिशतमा भय र ५५ प्रतिशतमा अनिद्राको समस्या भएको देखिएको छ ।
यसै पनि नर्सिङ पेसामा हुने व्यक्तिमा पर्याप्त सुत्ने समय नहुने तथा डिप्रेसनको सम्भावना बढी हुने विज्ञहरूको भनाइ छ । पछिल्लो समय कोरोना महामारीमा अझ यो दरमा वृद्धि भएको हो ।
नर्सहरूले कोरोनाविरुद्ध अग्रपंक्तिमा जोखिम मोलेर संक्रमितको हेरचाह गर्नुपरेको, सुरुवातमा पीपीईको अभाव झेल्नुपरेको थियो । त्यस्तै वरपर बिरामीको छटपटी र मृत्युको प्रत्यक्षदर्शी हुँदा भय एवम् डिप्रेशनको शिकार नर्सहरू भएको अध्ययनले देखाएको छ ।
अध्ययनमा अमेरिकाका ६२९ नर्सहरूलाई समावेश गरिएको थियो । जसमध्ये ३४ जनासँग जुन देखि अगस्ट २०२० सम्म अन्तरवार्ता गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत