प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले एक विज्ञप्ति निकालेर रतन टाटाको निधन भएको जानकारी दिनुभएको छ । दक्षिण मुंबईको ब्रिच क्याण्डी अस्पतालमा उपचारका क्रममा विहान करीब २ बजे ८६ वर्षको उमेरमा बुधबार रतन टाटाको निधन भएको हो ।
एक हप्ता अगाडि टाटालाई अस्पताल भर्ना गरिएको थियो, उहाँको निधनको कारण खुलाइएको छैन, यद्यपी उहाँलाई उमेर सम्बन्धि स्वास्थ्य समस्या थियो ।
भारतका राष्ट्रपति,प्रधानमन्त्रीसहित शिर्ष व्यक्तित्वहरुले उहाँको निधनप्रति दुख व्यक्त गरेका छन् ।
राष्ट्रपति द्रोपदी मुर्मूले कर्पाेरेट वृद्धि र देशको निर्माणलाई एकसाथ जोड्नुभएको रतन टाटाको निधनले भारतको एक आइकन गुमाएको बताउनुभएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुरदर्शी व्यवसायीक नेता एवं असाधारण व्यक्ति जसले एक प्रतिष्ठित उद्योग घरानालाई स्थायी नेतृत्व प्रदान गरेको उल्लेख गर्दै उहाँको निधनमा दुख व्यक्त गर्नुभएको छ ।
भारत सरकारले रतन टाटालाई पद्यम विभूषणले सम्मानित गरेको थियो ।
तपाईँको अभिमत