देशभरका सरकारी अस्पतालमा चिकित्सा शिक्षा पढाइ हुने
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सरकारी अस्पतालमा चिकित्सा शिक्षा पढाइ हुने बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरि मन्त्री बस्नेतले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार १०० देखि ३०० बेडलाई पारामेडिक, नर्सिङ पढाउन दिने तयारी सरकारको छ ।
साथै ३०० बेडमाथिका अस्पतालमा एमबीबीएस पढाउन दिइने पनि उहाँले बताउनुभयो ।
मेडिकल विषय पढ्न विदेश जानुपर्ने बाध्यतालाई रोक्न ऐन संशोधनको तयारी भएको उहाँको भनाइ छ । ऐन संशोधनपछि निजी मेडिकल कलेज पनि थपिने उहाँले बताउनुभयो । यसले नेपाल मेडिकल शिक्षाको हब बन्ने उहाँले दाबी गर्नुभयो । जसका कारण अरबौँ रुपैयाँ विदेशबाट नेपाल भित्रिने तथा नेपालमै हजारौँले रोजगार पाउने अवस्था सिर्जना हुने उहाँको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत