लेबनानमा इजरायलको आक्रमण, स्वास्थ्यकर्मीसहित १८२ को मृत्यु
अ +
अ -
इजरायलको आक्रमणमा परी लेबनानमा एकैदिन १८२ को मृत्यु भएको छ । हेजबुल्लाहलाई निशाना बनाई गरेको आक्रमणमा ७२७ जना घाइते भएका छन् ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार आक्रमणमा स्वास्थ्यकर्मी, महिला तथा बालबालिकाको समेत मृत्यु भएको छ । साथै घाइते हुनेमा समेत स्वास्थ्यकर्मी, बालबालिका र महिला रहेका छन् ।
मध्य पूर्वी क्षेत्रमा हेजबुल्लाहले इजरायलसँग युद्धको घोषणा गरेसँगै लडाइँ थप चर्किएको हो ।
लेबनानका कयौँ बासिन्दालाई आफ्नो घर तुरुन्त छाड्न फोन आउने गरेको छ । हेजबुल्लाह समूहले सेल्टरका रूपमा प्रयोग गरेका क्षेत्रका बासिन्दालाई यस्तो फोन आउने गरेको हो ।
यसले झन त्रास सिर्जना गरेको छ ।
तपाईँको अभिमत