आगो वा तातो वस्तुले पोल्नेवित्तिकै प्राथमिक उपचार कसरी गर्ने ?

हामी मनुष्य जाति सर्वश्रेष्ठ र बुद्धिमानी प्राणीमा गनिन्छौँ। तर, वर्तमान परिस्थितिलाई हेर्ने हो भने अरु प्राणी र मनुष्य जातिमा धेरै फरक पाउन छोडीसक्यौँ।
हामी विवेकी प्राणी भएका नाताले अरुको पनि हित सोच्नु पर्ने हो तर हामी हिजोआज नितान्त आफ्नै स्वार्थका लागि मात्रै सोच्ने भएका छौँ।
भविष्यमा आउन सक्ने समस्याको पहिले नै समाधान खोज्नेतिर लागिरहेका छैनौँ।
समस्या नबल्झेसम्म वास्ता पनि नगर्ने परिपाटीमा पुगिसक्यौँ। सबै कुराको ज्ञान आर्जन गर्नसक्ने समय र सीप भएतापनि हामी अरुको समस्या हेरेर सिक्नुपर्ने अवस्थामा छौँ ।
आफैँलाई त्यस्तै समस्या नपरुन्जेलसम्म वास्ता नगर्ने बरु उल्टै अरुको कुरा काट्ने तथा खिल्ली उडाउने काममा हामी व्यस्त हुँदै आएका छौँ । यस्तै परिपाटी बोकेर हामी अगाडि बढ्दै जाने हो भने कुनै समयको शक्तिशाली प्राणी डाइनोसोरसजस्तै पतन हुने बाटोमा त हामी छैनाँ ? भन्ने प्रश्न हाम्रोसामु खडा छ ।
मानिस बाँचुन्जेल धेरै समस्याबाट गुज्रिन्छ । थुपै समस्या आफैँ भोग्छ भने थुप्रै समस्या नजिकबाट नियालिरहेको हुन्छ
यसरी सिकेको र जानेको पाठ हामी आफ्ना सन्ततीलाई हस्तान्तरण गर्छौँ । किनभने भविष्यमा त्यही गल्ती नदोहो¥याउन् र त्यस्ता समस्यालाई सजिलैसँग हल गर्न सकुन् भनेर ।
तर, हिजोआज हामी त्यस्ता कुरा अनुशरण गर्दै भुल्दैछौं र आफ्नै अह्ममा विस्तारै हराउँदैछौँ । सायद यही कारण पनि हुनसक्छ–हिजोआज बढ्दै गइरहेको रोगका समस्याहरु । जुन सामान्य अवस्थामा हुँदै नै पत्ता लागे पनि अवस्था खराब भइसकेपछि मात्रै बल्ल मान्छे गम्भीर बन्छ ।
कुनै न कुनै तरिकाले आफैँलाई वा अरुलाई आगो वा तातो चिजले पोलेको अनुभव नगरेका वा नदेखेका मान्छे विरलै होलान् । तर, पनि यसबाट बच्न वा पोलिहालेको खण्डमा साधारणतयाः अपनाउनुपर्ने सामान्य प्राथमिक उपचारको ज्ञान धेरैजसोलाई पक्कै छैन ।
यस्ता घटना भएका खण्डामा या त हामी सदियौँदेखि अपनाउँदै आएको पूरानो उपचार तरिका नै अपनाउछौँ या अस्पताल, स्वास्थ्य संस्था दौडिहाल्छौँ ।
सानो तिनो जलनको घटना त हामी आफैँ जान्ने बुझ्ने जस्तै गरी घरायसी तरिकाले पनि ठिक पा¥यौँ भन्दै दंग पर्छौ । तर, बुझ्नुपर्ने यो छ कि–घाउ निको बनाउन अपनाइने सही र गलत तरिकाको असर पक्कै पनि फरक हुन्छ।
सामान्यतयाः तातो चीज जस्तैः–आगो, तातो झोल पदार्थ वा वस्तुले शरीरको कुनै पनि भागलाई छोएको छ भने त्यसले उक्त भागमा नकारात्मक असर त पक्कै गरेको हुन्छ । तर उक्त वस्तु कति तातो छ र कति लामो समयसम्म शरीरको भागसँग स्पर्श भयो त्यस कुराले कति नकारात्मक असर गर्छ भन्ने निर्धारण गर्छ।
फलस्वरुप जति धेरै तातो र जति लामो समयसम्म छोएर बस्यो जनल बढी जलन र समस्या धेरै हुन्छ ।
सानोतिनो घाउ उपचार नगर्दा पनि शरीरको आत्मरक्षक बलले निको पार्न सक्छ। तसर्थ आफूले गरेको तरिकाले निको भयो भन्ने भ्रम धेरैको मनमा बसेको हुन्छ । त्यही तरिका अरुलाई अपनाउन जोड दिने हाम्रो बानी हुन्छ ।
तातो वस्तुले पोल्नेबित्तिकै अपनाउनुपर्ने प्राथमिक उपचार
पोलेको जीजसँग शरीरलाई अलग्याउने तथा उक्त भागमा भएको लत्ता कपडा भए तुरुन्तै निकाल्नुपर्छ ।
यदि गरगहना छन् भने खोली हाल्नुपर्छ । लुगा खोल्नुको अर्थ पूरै शरीरलाई नांगो राख्ने भन्न खोजिएको होइन् । जलेको कपडालाई निकालेपछि पोलेको भागभन्दा अरु भागलाई नजलेको कपडा वा न्यानो कपडाले बेर्ने अनि त्यसपश्चात मात्र पानी हाल्न सुरु गर्नुपर्छ ।
पानी हाल्दा जलेको भागमा झन फोकाहरु निस्कन्छन्, जुन हेर्दा पनि डरलाग्दा हुन्छन् । त्यसैले बुढापाकाहरुले पानी नहाल्न चेतावनी दिने गर्छन् ।
यसरी जलेको भागमा तत्काल पानी हाल्ने वा चिसो बस्तु लगाउने कुरा कति उचित होत ? वैज्ञानिक तवरले हेर्ने हो भने पूर्ण रुपमा गलत छ । जलेको भागको तापक्रम उच्च रहने अवस्थामा कुनैपनि चीज जस्तैः टुथपेस्ट, टमाटर, घ्युकुमारी, गोवर वा माटो नै लगाउँदा पनि उक्त चीजले केही मात्रामा तापक्रम सोस्ने भएका कारण अलिकति शितलता प्रदान गर्ने कारण यो विधि अपनाइँदै आएको पाइन्छ ।
तर, जसरी उसिनेको अण्डालाई चिसो पार्न चिसो पानीमा राख्दा अझ पानी तातिदै आउँछ र पानीमा उक्त तापक्रम रहिरहन्छ । त्यसरी नै लगाइएका लेपहरु पनि तातो भएर उक्त ताप उल्टै शरीरमा नै फर्काउने भएको कारण अझ बढी समयसम्म पोल्न मद्दत हुने कुरा पुष्टि भइसकेको छ ।
जसले गर्दा सामान्य जलन पनि गहिरोमा परिणत हुने र गहिरो जलनमा फोकाहरु नउठ्ने तथा दुखाइ नहुने कारण मानिसहरुमा यो विधि सही छ भन्ने भ्रम परिरहेको छ ।
फ्रिजमा राखिएको चिसो पानी वा बरफको प्रयोग गर्दा सोचेको जस्तै जलेको भागको तापक्रम घटाउन मद्दत त पक्कै पनि गर्दछ । तर, फाइदाभन्दा बढी बेफाइदा निम्त्याउने कारण यसको प्रयोग नगर्नु नै बुद्धिमान देखिन्छ ।
निकै चिसो वस्तुले शरीरमा स्पर्श हुनेबित्तिकै छालामा भएका रगतका नलीहरु खुम्चिने गर्दछ र यसकारण पहिले नै जलेर गाह्रो भएको उक्त जलेको भागमा अझ रक्तसंचारमा कमी भयो भने बचाउन सक्ने छाला तथा मासुहरु मर्दै जाने कारण यसको प्रयोग नगर्न नै अनुरोध गरिरहेको हो ।
त्यस पश्चात बिरामीलाई न्यानो राख्न जलेको भागलाई पनि छुट्टै बाँधेर वा कपडाले बाँधेर नजिकैको अस्पतालम लैजानुपर्दछ । अस्पतालमा पुगिसकेपश्चात गहिराई मापन गरेर त्यस अनुसार के गर्दा उचित हुन्छ सो को बारेमा चिकित्सकले परामर्श दिन्छन् ।
यदि माथिमाथि मात्र जलेको अवस्स्था छ भने उक्त भाग शरीरको गहिरो भागसँग सजिलै छुट्याउन सक्ने भएको कारण पानीका फोकाहरु उत्पन्न हुन जान्छ । जसको अर्थ उक्त जलन गहिरो भएको छैन भन्ने हुन्छ ।
तसर्थ निकै ठूलो फोकाबाहेक साना मझौला खालका फोकाहरु आउनुलाई राम्रो कुराको रुपमा लिन सकिन्छ । किनकी, माथि—माथि जलेको भागलाई सामान्य औषधि उपचार र सरसफाइ अपनाएर निको पार्न सकिन्छ भने गहिरो जलेको भागलाई शल्यक्रिया नै गर्नुपर्ने अवस्था आउँदछ ।
उपचार पश्चात पनि घाउ निको भएतापनि अपनाउनुपर्ने कुराहरु भनेको उक्त जलेको भाग सुख्खा हुने कारण धेरै चिलाउँछ । तसर्थ उक्त भागलाई नरम राख्न नरिवलको तेल वा क्रिमहरुको प्रयोग गर्ने ।
जलेको घाउको दाग खुम्चिदै जाने भएकोले जोर्नीहरु चलाउन गाह्रो हुँदै जाने भएकाले उक्त जोर्नीहरु तन्काउने अभ्यास नियमित रुपले गर्दै गरिराख्नुपर्छ । कुनै समस्या जस्तो लागेमा नजिकै वा उपचार गरेको ठाउँमा परामर्श लिन ढिला सुस्ती गर्नु हुँदैन् ।
तपाईँको अभिमत