निको हुनेभन्दा नयाँ संक्रमित धेरै, १२ जनाको मृत्यु
अ +
अ -
पछिल्लो २४ घण्टामा निको हुनेभन्दा कोरोना संक्रमण पुष्टि हुनेको संख्या धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९११ ज्ना संक्रमणमुक्त भएका छन् तर सोही अवधिमा १ हजार ७८ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै १२ जनाको मृत्यु भएको छ ।
११ हजार ७६५ जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित १८ हजार १६८ जना छन् । आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ३७१ जना छन् । काठमाडौंमा २६७, ललितपुरमा ६७ र भक्तपुरमा ३७ जनालाई संक्रमण पुष्टि भयो ।
हेल्थपाटी
तपाईँको अभिमत