एक महिला जो गुडिरहेको रेलको लिकमा खसेर पनि बाँच्नुभयो
गुडिरहेको रेलको लिकमा कोही व्यक्ति पर्यो वा खस्यो भने के होला ? सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । तर अर्जेन्टिनामा क्यान्डेला नाम गरेकी एक महिला गुडिरहेको रेलको लिकमा खसेर पनि बाँच्न सफल भएकी छन् ।
प्रतिक्षालयमा रेलको पर्खाइमा रहेकी क्यान्डेला गुडिरहेको रेलको लिकमा बेहोस भएर खसेकी हुन् । समाचारअनुसार खस्ने बित्तिकै रोकिएको रेलको लिकबाट सँगै उभिरहेका अन्य यात्रुले उनलाई तानेर निकालेका थिए ।
क्यान्डेला रेल आइपुग्नेबित्तिकै हिँड्न थालेकी थिइन् । तर उनको खुट्टा लर्बराइरहेको थियो । लर्बराउँदै रेलतिर अघि बढेकी उनी लिकमा बेहोस भएर लडेकी थिइन् । क्यान्डेला मार्च २९ मा त्यसरी बेहोस भएर ढलेकी हुन् ।
उनले अर्जेन्टिनाको एक टेलिभिजनसँग कुरा गर्दै आफूले पुनर्जन्म पाएको बताएकी छन् । ‘खै म अझै कसरी बाँचिरहेकी छु’, उनले भनेकी छिन्, ‘यसबारे अझै महसुस गर्न खोजिरहेकी छु ।’
क्यान्डेलाले आफूलाई उच्च रक्तचापका कारण बेहोस भएर लडेको बताएकी छन् ।
हेल्थपाटी
तपाईँको अभिमत