‘प्रत्यारोपण केन्द्रसँग भवन निर्माण गर्ने क्षमता छ, सरकारको समर्थन मात्र आवश्यक हो’

डा. पुकारचन्द्र श्रेष्ठ । फाइल तस्बिर ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रको भवन निर्माणका लागि सरकारको समर्थन मात्र आवश्यक रहेको बताउनुभयो । सोमबार केन्द्रमा १५०० वटा मिर्गौला प्रत्यारोपण गरिएको अवसरमा आयोजित विशेष समारोहमा उहाँले केन्द्रसँग भवन निर्माण गर्ने क्षमता आफैसँग भएको तर त्यसमा सरकारले साथ दिनुपर्ने बताउनुभएको हो ।
‘केन्द्रसँग कर्मचारी र भवन निर्माणको लागि क्षमता आफैसँग छ’, उहाँले भन्नुभयो, ‘यसमा सरकारको समर्थन मात्र आवश्यक छ ।’ यसका लागि सरकारले जग्गा चाँडै व्यवस्थापन गरिदिए भवन केन्द्र आफैले निर्माण गर्ने उहाँले बताउनुभयो ।
२ अर्ब रकम विदेशिनबाट रोक्न सकेको उल्लेख गर्नुहुँदै डा. श्रेष्ठले केन्द्रलाई शैक्षिक संस्थाको रूपमा विकसित गर्न पनि माग गर्नुभयो । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानको मान्यता र जग्गा उपलब्ध चाँडै होस्’ उहाँले भन्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत