सुर्तीजन्य पदार्थमा कर बढाएर गरिबलाई निःशुल्क उपचारको व्यवस्था गर्दैछाैँ : स्वास्थ्यमन्त्री बस्नेत
अ +
अ -
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्य उपचार नपाई मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ ।
हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको र अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताउनुभयो ।
साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत