ओमिक्रोन भेरियन्टको केही उत्परिवर्तन चिन्ताजनक : पूनम खेत्रपाल सिंह

फाइल तस्विर
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्टको धेरै उत्परिवर्तन रहेको र त्यसमध्ये केही चिन्ताजनक रहेको बताउनुभएको छ ।
उहाँले विज्ञप्ति निकालेर सबै देशहरूले निगरानी बढाउन, सतर्क रहन र कुनै पनि आयातलाई तीब्र रुपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा रहेको बताउनुभयो । साथै उहाँले भारतमा देखिएका ओमिक्रेनको २ केस अप्रत्यासित नरहेको पनि बताउनुभएको छ ।
ओमिक्रोन सहित सबै भेरियन्टहरूको लागि प्रतिकार्यका उपायहरू, सार्स कोभ - टु का लागि जस्तै रहेको भन्दै उहाँले सरकारहरूले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपायहरू र जनसमुदायबाट रोकथाम र सावधानीका उपायहरूको कडा पालना गराउन आवश्यक रहेको बताउनुभयो ।
‘मानिसहरुले आफ्नो नाक र मुख राम्ररी छोप्नुपर्छस राम्रोसँग ठिक हुने मास्क लगाउनुपर्छ, दूरी कायम गर्नुपर्छ, कम हावा चल्ने वा भीडभाड भएको ठाउँबाट टाढा रहनुपर्छ, हात सफा राख्नु पर्छ, खोक्दा र हाच्छ्युँ गर्दा छप्नुपर्छ र खोप लगाउनु पर्छ र खोप लगाएपछि पनि सबै सावधानी अपनाउन जारी राख्नुहोस्, ’उहाँले भन्नुभयो ।
विश्वभर अनुसन्धानकर्ताहरुले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नको लागि अध्ययनहरू गरिरहेको बताउँदै उहाँले नयाँ भेरियन्ट अफ कन्सर्नको केसहरू पत्ता लगाउन र रिपोर्ट गर्न सकेकोमा डब्ल्यूएचओले ती देशहरुको प्रशंसा गरेको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत