बागमती प्रदेशका ८ अस्पतालमा कोरोनाको निःशुल्क उपचार
काठमाडाैं । आफू मातहतका ८ वटा अस्पताल र आईसोलेशनहरुमा कोरोना संक्रमितहरुको निःशुल्क उपचार भइरहेको बागमती प्रदेशले जनाएको छ ।
बागमती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल, सिन्धुपाल्चोकको जिल्ला अस्पताल र ती अस्पतालद्वारा सञ्चालित आईसोलेशन र अन्य स्थानीय तह मार्फत सहकार्यमा सञ्चालित थप १५ वटा आईसोलेशनमा कोरोना संक्रमितहरुको उपचार निशुल्क भइरहेको हो ।
साथै, प्रदेश सरकारद्वारा सञ्चालित प्रयोगशालामा कोरोना परीक्षण समेत निःशुल्क भैरहेको बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।
तपाईँको अभिमत