दातृ निकायले सहयोग दिँदा बिचौलियालाई मात्रै विश्वास गर्छ : स्वास्थ्य मन्त्री यादव (भिडियो)
स्वास्थ्य क्षेत्रमा दाताले दिएको रकम सदुपयोग हुन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले बताए। सोमबार मन्त्रालयमा आयोजित स्वास्थ्य पत्रकारसँगको छलफल कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
कुनै व्यक्ति वा संस्था मोटाउन नभई दातृ निकायले नेपाल र नेपाली जनताका लागि सहयोग दिने गरेको मन्त्री यादवले बताए । ग्लोबल फण्डलगायत धेरै फण्डका विषयमा अध्ययन भइरहेको मन्त्री यादवले जानकारी दिए ।
विदेश भ्रमण, तलब–भत्ता, गोष्ठी, सेमिनार आदिमा मात्रै खर्च हुने गरेको पनि मन्त्री यादवको भनाइ छ । दाताका कार्यक्रममा स्वास्थ्य मन्त्रालय साक्षी मात्रै रहेको तर निर्णयमा हुनै अधिकार नभएको मन्त्री यादवले जानकारी दिए ।
दाताहरूले स्वास्थ्य मन्त्रालयलाई विश्वास नगर्ने र अन्य बिचौलियामार्फत मात्रै स्वास्थ्यका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको उनको आरोप छ । बिचौलिया भएका दाताका कार्यक्रमहरू मन्त्रालयलाई नचाहिने पनि मन्त्री यादवले बताए ।

हेल्थपाटी
तपाईँको अभिमत