इजरायलमा नेपाली स्वास्थ्यकर्मीलाई कामको अवसर, योग्यता यस्तो हुनपर्नेछ :

प्रतिकात्मक तस्विर
इजरायलले स्याहार केन्द्रका लागि १ हजार दक्ष नेपाली कामदार मागेको छ । इजरायलले केयर गिभरका रुपमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष माग गरेको हो । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकले आवेदन खुला गरिएको २१ दिनभित्रमा विभागको वेबसाइटबाट आवेदन दर्ता गर्न सक्नेछन् ।
अनलाइन आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटferms.dofe.gov.np मा गएर २१ दिन भित्र भर्न सकिनेछ ।
आवश्यक न्यूनतम योग्यता :
- नेपाली नागरिक
-२४ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
- कम्तीमा १० कक्षा उतीर्ण गरि अनमी वा सिएमए सम्बन्धि कम्तिमा १५ महिना अध्ययन पुरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्ता प्रदायक संस्थाबाट केयर गिकिर सम्बन्धि कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको
-विगतमा इजरायल गई काम नगरेको
-बाबु आमा पति,पत्नी छोरा,छोरी, इजरायलमा बसोास नगरेको वा कार्यरत नरहेको
-शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको, कुनै प्रकारको जीर्ण रोगहरु क्षयरोग हेपाटाइटिस, भिरिङगी, गोनोरिया,एड्सबाट ग्रसित नभएको, गरुङगो सामान उचाल्न सक्ने लगायत स्याहार केन्द्रमा सहायक कामदारको रुपमा काम गर्न, सामथ्र्य भएको र दुव्र्ससनमा नलागेको।
हेल्थपाटी
तपाईँको अभिमत