गायक प्रकाशत सपुतले गर्नुभयो अङ्गदान
विश्व मिर्गौला दिवसका अवसरमा गायक प्रकाश सपुतले अङ्गदान गर्नुभएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले मस्तिष्क मृत्युपश्चत अङ्गदान गर्ने घोषणा गर्नुभएको हो ।
गायक सपुतलाई मस्तिष्क मृत्युबाट हुने अङ्गदान र प्रत्यारोपणकी राष्ट्रिय संयोजक डा. कल्पनाकुमारी श्रेष्ठ र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अङ्गदान कार्ड हस्तान्तरण गर्नुभएको थियो ।
विश्व मिर्गौला दिवसका अवसरमा बुधबार प्रभातफेरी, मैत्रीपूर्ण फुटबल तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजना तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रम गरिएको थियो ।
सो कार्यक्रममा गायक सपुतसमते सहभागी भई साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।
मस्तिष्क मृत्युपश्चात गरिने अङ्गदानबाट अन्य आठ जनाको ज्यान बचाउन सकिने विज्ञहरूको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत