पाठेघरविरुद्धको एचपीभी खोप अभियान : १२औँ दिनसम्ममा १३ लाख किशोरीले लगाए खोप
पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन भइरहेको एचपीभी खोप अभियानको आज १३औँ भएको छ । गत माघ २२ देखि सञ्चालन भइरहेको हालसम्म विवरण अनुसार १३ लाख किशोरीले खोप प्राप्त गरिसकेका छन् ।
शनिबार (१२औँ दिन) सम्मको तथ्याङ्कअनुसार १३ लाख किशोरीले खोप लगाइसकेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यस हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गर्नुभएको छ ।
अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप प्रदान गरिएको छ।
अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।
माघ २२ गते सुरु भएको अभियान फागुन ६ गतेसम्म चल्नेछ।
हेल्थपाटी
तपाईँको अभिमत