बेलायतमा डा. श्रेष्ठलाई सम्मानित
डा. पुकारचन्द्र श्रेष्ठ बेलायतमा सम्मानित हुनुभएको छ । नेपालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण चिकित्सकलाई सम्मान गरिएको हो ।
डा. श्रेष्ठले मिर्गौला र कलेजो प्रत्यारोपण क्षेत्रमा पु¥याउनुभएको योगदानका लागि बेलायतस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले विशेष उपाधि ‘एफआरसीएस’ले सम्मानित गरेको हो ।
बेलायतमै प्रत्यारोपणसम्बन्धी अध्ययन र अनुभव हासिल गरी स्वदेश फर्कनुभएका डा. श्रेष्ठले नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवा स्थापना मात्र नभई प्रत्यारोपणलाई विश्वस्तरको बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेल्दै आएकोले सम्मान गरिएको बताइएको छ ।
सो अवसरमा प्रतिष्ठित स्वास्थ्य विज्ञ तथा कलेजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लामो समय काम गर्नुभएका डा. श्रेष्ठ हालै निवृत्त हुनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत