थप १ लाख १५ हजारले लगाए कोरोना खोप, २१३ जनालाई संक्रमण
३२५ जना संक्रमणमुक्त, ३ जनाको मृत्यु
अ +
अ -
गएको २४ घण्टामा देशभर १ लाख १५ हजार ४३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ करोड ७८ लाख ३३ हजार ८१० जनाले कोरोना खोप पाएका छन् । जसमा ९५ लाख ४३ हजार ४०८ जनाले एक मात्रा र ८२ लाख ९० हजार ४०३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यसैबीच पछिल्लो २३ घण्टामा २१३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२५ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत