अस्पताल भर्ना भएका नसा सम्बन्धि बिरामीमध्ये आधालाई मस्तिष्कघात
मस्तिष्कघातबारे जागरुकता धेरै कम
नेपालमा मस्तिष्कघातका बिरामीको यथेष्ट तथ्यांक छैन। अस्पतालमा भर्ना भएका १०० जना नसा सम्बन्धि बिरामीमध्ये आधा स्ट्रोकका बिरामी हुने गरेको स्नायूरोग विशेषज्ञ प्राडा.राजीव झा बताउनुहुन्छ।
यो विकराल रुप होु उहाँले भन्नुभयो, ‘एकपटक स्ट्रोक भइसकेपछि जिन्दगीभर गाह्रो हुन्छ घरमा कोही न कोहीको सहारा चाहिन्छ, कसैलाई पुर्नस्थापना केन्द्रमा राखिन्छ।’
स्ट्रोकका बिरामीलाई पुर्नस्थापनामा केन्द्रमा राखी सही र आवश्यक हेरचाह हुन सक्यो भने उनीहरुमा उल्लेख्य सुधार आउने डा।झा बताउनुहुन्छ। तर नेपालमा स्ट्रोकका बिरामीका लागि सरकारको पुर्नस्थापना केन्द्र छैन। निजीमा महँगो पैसा तिर्नुपर्छ जसका कारण अधिकांस बिरामीलाई घरमै लैजाने गरिन्छ, परिणामस्वरुप स्ट्रोक भएका बिरामीको केही महिनामै मृत्यु हुन्छ।
संसारभर मानिसको मृत्युको कारणमा मस्तिष्कघात स्ट्रोक ३ नम्बरमा रहेको छ। आउदो १० वर्षमा मानिसको मृत्युको पहिलो कारण हुनसक्ने आँकलन गरिएको छ। तर स्ट्रोकलाई रोक्न सक्छौँ। खानपान र व्यवहारले स्ट्रोकलाई नियन्त्रण गर्न सकिन्छ। तर नियन्त्रणबारे सचेतनाको अभाव रहेको स्नायूरोग विशेषज्ञ प्रा।डा झाको भनाइ छ।
मस्तिष्कघातबारे जागरुकता धेरै कम रहेको उहाँले जानकारी दिनुभयो । अत्याधिक गर्मी र जाडो दुवैका लागि खराब तत्व रहेको डा।झाले बताउनुभयो। खाँडी मुलकमा स्ट्रोकको कारणमा अत्याधिक गर्मी रहेको छ।
झाका अनुुसारशरीरका नसाहरुलाई सामान्य तापक्रममा सन्तुलन कायम राख्नसक्नपर्छ। अत्याधिक गर्मीले मस्तिष्कको नसा फुटाउँछ।
शरीरमा सामान्य तापक्रममा रगतको फ्लो हुनपछ। यदि चिसो भयो भने नसा फुट्न थाल्छ। शरीरलाई सामान्य तापक्रममा राख्नपर्छ।
मस्तिष्कघात(स्ट्रोक) जाडोयाममा २(३ गुणा बढी देखिन्छ। अहिले देशभरका अस्पतालमा न्यूरो सम्बन्धी वार्डमा ५० ( ६० प्रतिशत बिरामी भर्ना भएको पाइन्छ। मस्तिष्कघात दुई तरीकाले हुन सक्छ। हेमेरोजिक र स्केमिक स्ट्रोक। मस्तिष्कमा नसा फुट्नु जसलाई हेमेरोजिक स्ट्रोक भनिन्छ।
दिमाग भित्रको रगतको नली जाम हुन्छ र दिमागको केही भागहरु सुक्न थाल्छन् यसलाई स्केमिक स्ट्रोक भनिन्छ।
मुटुबाट शरीरमा रगत प्रवाह हुन्छ। दिमागमा पनि २ वटा ठूला नसाहरु हुन्छन्, जहाँबाट रगत जान्छ अनि अर्को २ वटा भेनहरु हुन्छन् त्यहाँबाट रगत फर्कन्छ।
मुटुका बिरामी, उच्चरक्तचाप भएका बिरामीमा कहिले कहीँ रगत प्रवाह हुँदा बगिरहेको रगत जम्मा हुन्छ र दिमागमा जान्छ। मस्तिष्कमा सानो क्लट २ मिलिमिटरको पुग्यो भने पनि कोमा, पारासाइसिस र मृत्युसमेत गराउँछ। मुटु, उच्चर क्तचापका बिरामीहरु सचेत हुनुपर्ने डा।झाको सुझाव छ ।
स्ट्रोकका संकेतहरु के-के हुन् ?
उमेर बढ्दै जाँदा वा उच्च रक्तचापका कारण मस्तिष्कभित्रको नसाको भित्ता फुट्न सक्छ। अनियन्त्रित मधुमेह, उच्चरत्तचाप, कोलेस्टेरोल छ भने उनीहरुमा स्ट्रोकका लक्षणहरु देख्निछन्।
उनीहरुमा अनुहार झमझमाउँछ, अनुहार बांगिएको जस्तो हुने, हात कमजोर हुने, बोली लड्बडाउनु स्ट्रोकका संकेत हुन्। तर हामीमा के छ भने यी लक्षणहरु देखियो भने घरमा आराम गर्यो भने हुन्छ होला भन्ने छ । अनि घरमा आराम गर्नेतर्फ लाग्छन् तर यी लक्षणहरु देखिएको ४ घण्टाभित्र अस्पताल पुर्याउन सके बिरामीलाई स्ट्रोक र स्ट्रोकबाट हुने क्षतिबाट जोगाउन सकिन्छ।
स्ट्रोकका लक्षण १(२ दिन अगाडि देखिन सक्छन्, धेरैलाई केही घण्टा अगाडि देखिन सक्छ। घरमा टाइम इज ब्रेन भनिन्छ।
सबैभन्दा बढी हुने स्ट्रोक, स्केमिक हुन्छ। दिमाग सुकेर हुने स्ट्रोक ९० प्रतिशतभन्दा बढी रहेको पाइएको छ। १० प्रतिशत स्ट्रोक मस्तिष्कमा रगत बगेर भएको देखिन्छ। यदि हेमेरोजिक स्ट्रोक भएमा ज्यानै जाने सम्भावना बढी हुन्छ।
स्ट्रोक हुने कारण
मस्तिष्कघात विशेषत खानपान र जीवनशैलीका कारण हुने गरेको पाइन्छ। मोटोपना,उच्च रक्तचाप, मुटु, मधुमेहका बिरामीमा स्ट्रोक हुने जोखिम बढी हुन्छ। अत्याधिक मदिरा, चुरोट, खराब बानी, व्यवहारले जोखिम बढाउँछ।
हृदयघातका बारेमा सतर्कता छ। मुटुको डाक्टर, मुटुको अस्पताल धेरै रहेकाले हृदयघातबाट बचाउन सकिने अवस्था रहेको छ।
स्ट्रोकबाट जोगिने उपाय
मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरुले नियमित डाक्टरको परामर्शमा रहने र नियमित औषधि खानपर्छ। ४० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले अनिवार्य रुपमा शरीरका साधारण जाँचहरु गरौं, वर्षेनी नजाँचेपनि २ ३ वर्षको फरकमा जाँचियो भनेपनि स्ट्रोकको जोखिम पत्ता लाग्छ।
नियमित व्यायाम गरौं, चिल्लो कम खाऔं, मोटोपनाबाट जोगिनुपर्छ। मधुमेह, सुगरको, लिपिड प्रोफाइलको जाँच गर्दा स्ट्रोकका जोखिम पत्ता लाग्छ। उच्च रक्तचाप भएको अस्पताल पुगेपछिमात्र थाहा पाउछन् जसले अन्य रोगहरुको जोखिमसमेत बढाउँछ।
हेल्थपाटी
तपाईँको अभिमत