नर्स पढेर जागिर हैन बेरोजगार संघको अध्यक्ष पाइन्छ

हाल नेपालमा पिसिएल र बिएसस्सी गरी नर्स ७२ हजार ५५०, अनमी ३६ हजार ७७४, मिडवाइफरी ३१ र स्नातकोत्तर (विशेषज्ञ) उतीर्ण गरेका ६४५ जना नर्स दर्ता छन् । यस्तै नेपाल नर्सिङ काउन्सिलमा दर्तावाल विदेशी नर्सको संख्या ८४७ छ।
प्रत्येक वर्ष नेपालमा पिसिएलमा झण्डै ४५००, बिएससी लेभलमा १५०० गरी ६ हजारको हाराहाराीमा नर्स उतीर्ण हुन्थेँ। अनमीको पढाइ खारेज भइसकेको छ। नर्सिङ कलेजको संख्या घटेसँगै नर्सिङ जनशक्ति उपादनमा पनि कमी आउने भएको छ।
चिकित्सा शिक्षा ऐन आएपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत स्वास्थ्य विषयका प्राविधिक कार्यक्रम खारेज गर्यो। २०७७ साल साउन ३० गते बसेको आयोगको बैठकले चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार प्रमाणपत्र तहमुनिका सबै कार्यक्रम खारेज गरेको थियो।
आयोगको यो निर्णयपछि अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन पनि खारेज भयाे। त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको पीसीएल नर्सिङ विषयमा पनि भर्ना हुन पाइँदैन।
जुनसुकै कलेजले पनि नर्सिङ विषय पढाउँदा गुणस्तरीय शिक्षामा ह्रास र सेवामा प्रभाव परेको निष्कर्ष निकालेर आयोगले चिकित्सा शिक्षा ऐन अनुसार सिटिइभिटीसँग सम्बन्धन लिएर सञ्चालित अनमी तथा सिएमए कार्यक्रम खारेज गरेको थियो । यसरी प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज भएपछि नर्सिङ कलेजहरु बन्द हुने नै भए । अहिले ३४ वटा कलेजले मात्रै नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउँछन् ।
कलेजहरु बन्द भएपछि नेपालमा नर्सिङ जनशक्तिको उत्पादन रोकिने र नर्सकाे अभाव हुने अड्कलबाजी भइरहेका छन् । चिकित्सा शिक्षा आयोगका योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्राडा.रमेशप्रसाद आचार्यले यसबारे प्रष्ट्याउनु भएको छ । आयोगले हालै गरेको पत्रकारसँगको छलफः कार्यक्रममा उहाँले व्यक्त गर्नुभएको धारणाको सम्पादित अंश ।
चिकित्सा शिक्षा आयोग आएपछि नसिर्ङ विषय पढाउने कलेजहरु बन्द भए अब नेपालमा नर्सको आवश्यकता नभएको हो ? भन्ने प्रश्न र जिज्ञासाहरु आइरहेका छन् ।
नेपालमा नर्सको आवश्यक छ । तर नसिङ जनशक्ति उत्पादनको आधारमा आपूर्ति कम छ । नर्सिङ विषय पढ्ने कि नपढ्ने भनेर कहिलेकाँही सुझावका लागि आइरहेका हुन्छन् । नर्स पढेर के हुन्छ भन्दा बेरोजगार संघ खोलेर अध्यक्ष हुन पाउँछ तर जागिर चाँही पाइँदैन भन्ने सम्मको मनोभाव व्यक्त हुन थालेको छ । नेपालमा जागिर नपाएका नर्सहरु हजारौं छन् । यसो भन्दैमा नसिर्ङ कलेज बन्द गर्ने भन्ने होइन । देशलाई नसिर्ङ जनशक्तिको आवश्यक छ ।
अर्काे कुरा, बेलायतमा नर्स लैजाने भनेर हल्ला पनि चलाइयो तर सम्झौता पत्रको कुनै पनि बुँदामा नसिर्ङ जनशक्ति लैजाने भनिएको छैन । स्वास्थ्यका जनशक्ति क्रमश: लैजाने भनिएको रहेछ । नसिर्ङ कलेज बन्द भएको रिसमा यस्तो हल्ला चलाइएको हो ।
मेरो घर, छिमेक, नातागोता, टोलमा रहेका अधिकांश नर्स बेरोजगार छन् । रोजगार नै भएपनि अस्पतालहरुमा बिना तलब स्यवसेवीका रुपमा काम गर्नुपर्ने अवस्था छ । नसिर्ङ जनशक्ति र कलेज दुवै आवश्यक छन् । सय बेडको आफ्नै स्वामित्वमा नरहेको कलेजले नसिर्ङ कार्यक्रम सञ्चालन गर्न पाउदैन्न भनिएको हो । गुणस्तरीय शिक्षा प्रदान गरी गुणस्तरीय सेवा प्रदान गराउनकै लागि गरिएको निर्णय हो यो ।
तपाईँको अभिमत