आजको मौसम : देशभर बदली रहने, कहाँ हुनसक्छ भारी वर्षा ?
आज देशभर साधारणतया मौसम बदलिरहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेश प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने मधेश प्रदेशलगायत कोशी र वागमती प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने बताइएको छ । गण्डकी प्रदेशको पहाडी र तराई साथै लुमिबनी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मधेशलगायत कोशी, वागमती, गण्डकी र लुमिबनी प्रदेको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूगभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत