डा.भीमसिंह तिंकरीको कलेजो प्रत्यारोपण सफल

केही दिनअघि मात्रै सरकारी सेवाबाट अवकाश लिनुभएका विशेषज्ञ डा.भीमसिंह तिंकरीले कलेजो प्रत्यारोपण गराउनु भएको छ।
डा.तिंकरीले नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा कलेजो प्रत्यारोपण गराउनु भएको हो। डा तिंकरीले आफ्नो कलेजो प्रत्यारोपण सफल भएको फेसबुकमार्फत हिजो राति जानकारी दिनुभएको छ।
डा.तिंकरीका अनुसार उहाँलाई छोरा देवासिसले कलेजो दान दिनुभएको हो। म्याक्स अस्पतालका प्रमुख कलेजो प्रत्यारोपणविज्ञ डा. सुभाष गुप्ताको टोलीले कलेजो प्रत्यारोपण गरेको हो।
उहाँ विगत १ वर्षदेखि बिरामी हुनुहुन्थ्यो। आफू स्वास्थ्यबारे चासो राख्ने र सहयोग गर्ने आफन्त, साथीभाइ सबैप्रति डा. तिंकरीले आभार प्रटक गर्नुभएको हो।
गत मंसिरमा डा. तिंकरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गरेको थियो।
तपाईँको अभिमत