संक्रमितहरुलाई आयुर्वेद औषधि नदिइएकोप्रति संघको ध्यानाकर्षण

अ +
अ -
काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघले देशका विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरमा कोरोना संक्रमितहरुलाई आयुर्वेद जडिबुटी औषधि खान नदिएको गुनासो आएकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष डा.प्रकाश ज्ञवाली र महासचिव डा.मनोजकुमार चौधरीले संयुक्त विज्ञप्ति निकालेर संक्रमितहरुले चाहँदा–चाहँदै विभिन्न कारण देखाइ आयुर्वेद औषधि खान नदिएको गुनासो आएकाले बिरामीले उपचार छनौट गर्न पाउने आधारभूत मानवअधिकार रक्षा गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
तपाईँको अभिमत