अनौठो घटना : तीन वटा लिङ्ग भएको पुरुष भेटियो

अ +
अ -
एक जना पुरुषमा तीन वटा लिङ्ग भएको अनौठो घटना बाहिरिएको छ । बेलायतको बर्मिङ्घम विश्व विद्यालयका मेडिकल विद्यार्थीले शरीर दान गरेका ७८ वर्षीय पुरुषमा यस्तो अवस्था भेट्टाएका हुन् ।
यस्तो अवस्थालाई ‘ट्रिफालिया’ भनिन्छ ।
दुई वटा लिङ्ग अदृश्य रूपमा शरीरभित्र रहेकाले ती व्यक्तिलाई भने यसबारे जानकारी नभएको हुनसक्ने बताइएको छ ।
यसभन्दा अघि इराकमा सन् २०२० मा जन्मिएका बच्चामा तीन वटा लिङ्ग भएको बताइएको थियो ।
संसारमा यस्ता घटना बिरलै पाइन्छन् । लगभग ६० लाख पुरुष बच्चा जन्मिदा एक जना दुई वटा लिङ्ग भएको बच्चा जन्मिने गरेको हुसक्ने बताइन्छ ।
यद्यपि चार सय वर्षसम्मको रेकर्डमा दुई वटा लिङ्ग भएका १०० जना व्यक्ति मात्र पुष्टि भएका छन् ।
(इन्डिपेन्डेन्टबाट)
तपाईँको अभिमत