कोरोनाकाे खोपले शरीरलाई चुम्बक बनाएको दाबी, सिक्का, चम्चा, टाँसिए (भिडियाे)
काठमाडौं । कोरोना विरुद्धको खोपको असरका बारेमा कयौं जिज्ञासाहरु आइरहेका छन् । केही व्यक्तिहरु खोप लगाएपछि ज्वरो आउनुका साथै शरीर दुखेको लगायतका सामान्य असर देखिएको बताइरहेका छन् भने केहीले खोप लगाएपछि कुनै असर नदेखाएको बताइरहेका छन् ।
तर भारत महाराष्ट्र पुणेका एक व्यक्तिले कोरोना खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै भएको दावी गरेका छन् । अरविंद सोनारले आफुले कोरोनाको दुवै डोज लगाइसकेको बताएका छन् ।
उनले आफुले दावी गरेको कुरालाई प्रमाणित गर्न एक भिडियोनै बनाएर सोसल मिडियामा राखे जुन अहिले भाइरल भइरहेको छ । भिडियोमा उनको शरीरमा सिक्का, चम्चा, पनिऊ, थाल टाँसिएको देख्न सकिन्छ ।
उनले बताएका छन् की ‘मैले आफ्नो छोरासँग कुरा गर्दै थिँए खोप लगाएपछि शरीरमा स्टील वस्तुहरु टाँसिन सक्छ भन्ने कुराको चर्चा भयो मैले पनि जाँच गर्न टासि हेँरे मेरो शरीरमा पनि टाँसियो ।’
अरविन्द सोनारले कोभिशिल्ड खोप लगाएका थिए । उनले पहिलो मात्रा मार्च र दोस्रो मात्रा जुनमा लगाएका थिए । १० वर्ष अगाडि उनको वाइपास सर्जरी पनि गरिएको थियो । विगत दुई वर्षदेखि मधुमेहको उपचार चलिरहेको छ ।
आफ्नो शरीरमा सिक्का, चम्चा लगायतका स्टिल वस्तु टाँसिएको कुरा डाक्टरलाई बताए । डा.दाभोलकरका अनुसार शरीरमा सिक्का तथा भाँडा टाँसिनु भौतिक नियमअनुसार सम्भव छ । ‘यदी शरीरमा चिल्लो पदार्थ अथवा भ्याकुम क्याविटी बन्यो भने यस्ता वस्तुहरु टाँसिन सक्छन् यसलाई खोपसँग जोड्नु उपयुक्त हुँदैन ।’ बीबीसी ।

हेल्थपाटी
तपाईँको अभिमत