थपिए ५९१ जना नयाँ कोरोना संक्रमित, २ जनाको मृत्यु
अ +
अ -
पछिल्लो २४ घण्टामा ५९१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५५ जनाको कोरोना परीक्षण भएकोमा ५९१ जनालाई संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ६६४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । आज थपिएकामध्ये काठमाडौं उपत्यकाकाका १९९ जना रहेका छन् । काठमाडौंमा १५७, ललितपुरमा ३० र भक्तपुरमा १२ जनालाई पोजेटिभ देखिएको छ । अहिले सक्रिय संक्रमित १० हजार २३६ जना छन् ।
यसैबीच २४ घण्टामा देशभर १ लाख १ हजा। ४७५ जनाले कोरोना खोप लगाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत