अघिल्लो महिना अस्पतालबाट डिस्चार्ज हुनुभएका पोप फ्रान्सिसको निधन

अ +
अ -
इसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । रोमन क्याथोलिकका नेता रहनुभएका फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँ भ्याटिकन सेन्ट पिटर्स स्क्वायरमा आइतबार देखिनुभएको थियो । हजारौँ भक्तहरूलाई शुभकामना दिन त्यहाँ उपस्थित हुनुभएको थियो ।
फ्रान्सिस गत महिना मात्र पाँच साता लामो अस्पतालमा उपचारपछि घर फर्किनुभएको थियो । उहाँलाई निमोनिया भएको बताइएको छ ।
तपाईँको अभिमत