थप २९९ जनालाई कोरोना संक्रमण, ६ जनाको मृत्यु
अ +
अ -
देशभर २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २६० जना निको भएका छन् भने ६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनाको नमुना परीक्षण भएको थियो । हाल अहिले ७ हजार ६४२ सक्रिय संक्रमित छन् ।
आज थपिएका मध्ये १२० जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९०, ललितपुरमा २५ र भक्तपुरमा ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत