औषधि ऐन,२०३५ संशोधनको तयारी
औषधि ऐन, २०३५ संसोधनको तयारी गरिएको छ । उक्त ऐनको दफा ११ मा रहेको औषधिको उत्पादन, अनुज्ञापत्र सिफारिसपत्र र प्रमाणपत्रको अवधि बढाउने तयारी गरिएको हो ।
ऐनमा उत्पादन अनुज्ञापत्र, सिफारिपत्र र प्रमाणपत्रको अवधि र नवीकरणसम्बन्धीको व्यवस्थामा प्रमाणपत्रको अवधि दुई वर्षसम्म कायम रहने व्यवस्था रहेको छ। यी प्रमाणपत्रहरु प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।
संसदमा दर्ता गरिएको केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विद्येयकमा उत्पादन अनुज्ञापत्र पाँच वर्ष, औषधि दर्ता प्रमाणपत्र तीन वर्ष, औषधिको निकासी पैठारी सम्बन्धी पसिफारिसपत्र तीन वर्ष र औषधिको बिक्री वितरण गर्न नाम दर्ता भएको प्रमाणपत्रको अवधि तीन वर्ष हुनपर्ने प्रस्ताव गरिएको छ ।
अवधि सकिनुअघि तोकिएको दस्तुर तिरी प्रत्येक उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्र नवीकरणका लागि औषधि व्यवस्था विभागमा निवेदन दिनुपर्नेछ ।
हेल्थपाटी 
तपाईँको अभिमत