१० हजार नेपाली नर्सलाई रोजगारीका लागि वेलायत पठाउने तयारी
अ +
अ -
सरकारले वेलायतमा रोजगारीका लाग १० हजार नेपाली नर्स पठाउने तयारी गरेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ।
शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले श्रमिकमैत्री सम्झौता गरेर यस विषयमा छिट्टै टुंगो लगाउने बताउनुभयो । नर्सको तलव तथा सुविधाबारे एकिन भइसकेको छैन।
हेल्थपाटी
तपाईँको अभिमत